झापा : झापा ४ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लालप्रसाद (एलपी) साँवा विजयी भएका छन् ।
उनले २९ हजार ३१५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका देउमान थेबेले २२ हजार ४४८ मत प्राप्त गरे ।
साँवाले ०७४ को निर्वाचनमा पनि थेबेलाई पराजित गर्दै विजयी बनेका थिए । यसैगरी राष्ट्रिय स्वत्नत्र पार्टीका शम्भु ढकालले १४ हजार ६९ मत प्राप्त गरेका छन् ।














Discussion about this post