धरान : धरान उपमहानगरपालिका १५ श्यामचोकबाट प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका १५ का ३४ वर्षीय किशोर परियार र धरान ३ का २७ वर्षीय वीरवल प्रसाद साह रहेका छन् ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले चेकजाँचको क्रममा को २५ प ४६४० नम्बरको स्कुटरमा लुकाई छिपाई ल्याउँदै गरेको विभिन्न प्रकारको प्रतिबन्धित लागूऔषधसहित दुवै जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको धरान प्रहरीले जनाएको छ ।












Discussion about this post