इटहरी : मोरङ क्षेत्र नम्बर ५ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसबाट अमृत अर्याल निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्याल १६ हजार १ सय २ मतसहित निर्वाचित भएका हुन् ।
अर्यालका प्रतिस्पर्धी जसपाबाट उम्मेदवार बनेका प्रदेश १ का स्वास्थ्यमन्त्री समेत रहेका जयराम यादवले १० हजार ८ सय २४ मत पाए ।
अर्याल नेपाली कांग्रेसबाट मुख्यमन्त्रीको प्रमुख दाबेदार हुन् ।














Discussion about this post