इटहरी : सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिएकी छन् ।
यसअघि केही समय जनता समाजवादी पार्टीका अशोक कुमार राईले अग्रता लिएकोमा पुनः रास्वपाकी तामाङले अग्रता लिएकी हुन् ।
गोमाले १२ हजार ८५५ मत ल्याउँदा एमालेको समर्थन पाएका राईले १२ हजार ५०५ मत पाएका छन् ।
यस्तै, माओवादीका मुक्सामहाङ्ग सुब्बाले ९,९००, स्वतन्त्र मनोजकुमार मेयाङ्गबोले ६,७२८ र राप्रपाका अशोक कुमार राई ५,८९१ मत पाएका छन् ।














Discussion about this post