इटहरी : सुनसरी बराहक्षेत्र नगरपालिका ५ कालाबञ्जर चोकमा स्कारपियोको ठक्करबाट एक वृद्वको मृत्यु भएको छ ।
पकलीबाट चतरातर्फ जाँदै गरेको को १ च ८७३६ नम्बरको स्कारपियोले बाटो काट्दै गरेको स्थानीय ८१ वर्षीय चूडामणि गौतमलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
प्रहरीले ठक्कर दिने स्कारपियो र चालक जिल्ला मोरङ कानेपोखरी ३ बस्ने वर्ष ३३ का सागर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।












Discussion about this post