मोरङ : प्रदेश १ नम्बर प्रहरी कार्यालय बिराटनगर अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ की ४६ वर्षीया तारादेवी श्रेष्ठ र २३ वर्षीय आर्युत श्रेष्ठ रहेका छन् ।
प्रहरीले उनीहरूलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
तारादेवी बैङ्किङ कसुर मुद्धामा उच्च अदालत बिराटनगरको मिति २०७७–१०–०५ गतेको सजाय निर्धारण फैसला आदेशले १० लाख १२ हजार जरिवाना बेरुजु रही फरार रहेकी र आर्युत बैङ्किङ कसुर मुद्धामा उच्च अदालत बिराटनगरको मिति २०७७–१२–०८ गतेको सजाय निर्धारण फैसला आदेशले ५ लाख १० हजार जरिवाना बेरुजु रहि फरार रहेका थिए ।












Discussion about this post