मोरङ : नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ।
मोरङको पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आँफू प्रहरीको सई भन्दै सर्वसाधारणलाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ।
कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आँफूलाई प्रहरीको सई भन्दै ठगी गरेको इलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमले बताए ।
कन्दङवालाई १५ गते पथरीशनिश्चरे नगरपालिका ३ बाट पक्राउ गरी सार्वजनिक गरिएको हो।
कन्दङवाको साथबाट एक थान मोबाइल, १७ हजार रुपैयाँ र को ३२ प ५९८९ नं को मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post