उदयपुर : उदयपुरमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
उदयपुरको कटारी नगरपालिका १० मा सोमबार भएको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा पाँचजना घाइते भएका छन् ।
प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो जीप अनियन्त्रित भएर सडकबाट करीब एक सय मिटर तल खसेको थियो ।
मृत्यु हुनेमा उदयपुरको ताप्ली गाउँपालिका १ का ६५ वर्षीय मिनबहादुर सार्की रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताप्ली २ का ३० वर्षीय फडिन्द्र श्रेष्ठ, ७ वर्षीय भवानी श्रेष्ठ, २ वर्षीय भूमिका श्रेष्ठ, ताप्ली ५ का २३ वर्षीय सुमित्रा गिरी र ताप्ली ४ का ४५ वर्षीय झगडबहादुर बिश्वाकर्मा घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारको लागि कटारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post