मोरङ : मोरङमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
कुटपिटबाट घाइते भएका मोरङको केराबारी गाउँपालिका ९ का ४३ वर्षीय दुर्गाकुमार राई र कानेपोखरी ९ भौँसाबारीमा माहुरीले टोकेर ८४ वर्षीय टीकाराम भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
केराबारीको एक पसलमा भएको विवादमा लेटाङ १ का ३० वर्षीय हस्तबहादुर लिम्बूको कुटपिटबाट गत आइतबार घाइते भएका राईको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार सम्भव नभई घर लगिएपछि बुधबार राति मृत्यु भएको मोरङ प्रहरीका डीएसपी दीपक श्रेष्ठले बताए ।
यस्तै माहुरीको घार गाडीबाट निकाल्ने क्रममा भुइँमा खसेर फुटेपछि स्थानीयलाई माहुरीले टोकेको थियो । सो क्रममा भट्टको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा भट्टको मृत्यु भएको बताइएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post