मोरङ : मोरङको कानेपोखरीमा माहुरीको टोकाईबाट एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । कानेपोखरी–९ भौँसाबारीमा माहुरीको टोकाईबाट ८४ वर्षीय टीकाराम भट्टको मृत्यु भएको छ ।
माहुरीको घार गाडीबाट निकाल्ने क्रममा भुइँमा खसेर फुटेपछि स्थानीयलाई चिलेका थिए । भट्टलगायत स्थानीय ६८ वर्षी झबर यादव, ५५ शोखलाल ऋषिदेव, ३६ वर्षीय मानबहादुर सुनार र २० वर्षीया जेनिसा राजवंशी माहुरीले चिलेर घाइते भएको मोरङ प्रहरीका सूचना अधिकारी दीपक श्रेष्ठले बताएका छन् ।
स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा भट्टको मृत्यु भएको र अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् ।
माहुरी पालक झापाको शिवसताक्षी नगरपालिका–९ का ओमदेव बस्नेत र पशुपति अधिकारीलाई नियन्त्रणमा लिई आवश्यक परेको बेला उपस्थित हुने गरी छोडेको श्रेष्ठले बताएका छन्












Discussion about this post