उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका १५ ज्यामिटारमा करेन्ट लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।
मृत्यु हुनेमा २८ वर्षीया पार्वती विश्कर्मा रहेकी छन् । आफ्नै बारीमा कोदो टिप्ने क्रममा बिजुलीको पोलमा छुन पुग्दा उनलाई करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको थियो ।
उनका श्रीमान रुपेश विश्वकर्मा भने श्रीमतीलाई बचाउन खोज्दा करेन्ट लागी घाइते भएका छन् । घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।











Discussion about this post