इटहरी : प्रदेश नम्बर १ मा ५ जना सांसदले मातृभाषामा शपथ लिने भएका छन् ।
प्रदेशसभा सदस्यमा पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट दोस्रो पटक निर्वाचित आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहितका ५ जनाले मातृभाषामा शपथ लिने भएका हुन् ।
प्रदेशसभा सचिवालयका अनुसार इलाम प्रदेशसभा क्षेत्र १ बाट निर्वाचित एकीकृत समाजवादी नेतृ पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बू, ताप्लेजुङ प्रदेशसभा क्षेत्र २ बाट निर्वाचित नेपाली कांग्रेसका खगेनसिं हांगाम, जनता समाजवादी पार्टीबाट निर्वाचित निर्मला लिम्बू, पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट निर्वाचित एकीकृत समाजवादीका कमल जबेगुले मातृभाषामा शपथ लिने भएका छन् ।
यस्तै, सुनसरी ३ बाट निर्वाचित कांग्रेसकी सुनीता चौधरीले समेत मातृभाषामा शपथ लिने प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए ।
मातृभाषामा शपथ लिन चाहने सदस्यलाई मातृभाषामै शपथको व्यहोरा अनुवाद गरी बुझाउन प्रदेशसभा सचिवालयले पुस ५ गते सूचना जारी गरेको थियो ।
प्रदेश १ का सदस्यले भोलि (सोमबार) दिउँसो १ः३० बजे शपथ लिनेछन् । उनीहरूलाई जेष्ठ सांसद गयानन्द मण्डलले सपथ गराउने तयारी भएको छ ।














Discussion about this post