काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित आठ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रचण्डले शपथ लिएका हुन् ।
प्रचण्ड नेतृत्वको सरकारमा एमालेका विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री, माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेका छन् ।
त्यस्तै एमालेका ज्वाला साह, दामोदर भण्डारी, राजेन्द्र राई र जनमत पार्टीका अब्दुल खान मन्त्री बनेका छन् । उनीहरूको कार्यभार पछि तोकिने छ ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष, संविधानसभाका अध्यक्ष विभिन्न राजनीति दलका नेतृत्वलगायत सहभागी थिए ।











Discussion about this post