इटहरी : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा १८ मतसहित थापा निर्वाचित भएका हुन् । कांग्रेस प्रदेश १ सभापति समेत रहेका थापा कृष्णप्रसाद सिटौला समूहका हुन् ।
दलको नेताका अर्का उम्मेदवार केदार कार्कीले ९ मत प्राप्त गरे ।
यस्तै, अर्का उम्मेदवार अृमत अर्यालले २ मत मात्रै प्राप्त गरे । ९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।












Discussion about this post