मोरङ : विराटनगर महानगरपालिक १६ खोक्साहा, दरैया लगायतका स्थानहरुबाट प्रहरीले अवैध सामान बरामद गरेको छ ।
शनिबार जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउदै गरेको खाद्यान्न, लत्ताकपडा, ग्याँस चुलोको बर्नर लगायतका अन्दाजी मुल्य २ लाख ३ हजार ५ सय रुपैँया बराबरको समान बरामद गरिएको हो ।
आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विराटनगर बुझाएको प्रहरीले जनाएको छ ।














Discussion about this post