उदयपुर : चोरीको आरोपमा उदयपुरको त्रियुगा नगरपालिका ११, मिनी मार्केट क्षेत्रबाट सोमबार (आज) दिउँसो एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
डलर, भारु, युरोसहित खोटाङको दिक्तेल रुपाकोट मझुवागढी १० पाथेका २१ वर्षीय सुजन गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गिरीको साथबाट १ लाख ८५ हजार ४ सय १५ नेपाली रुपैयाँ, अमेरिकी डलर २ सय ९२, २ लाख ५९ हजार एक सय भारतीय रुपैयाँ र ८० युरो बरामद गरिएको छ ।
त्यसैगरी चाँदीको जस्तो देखिने सिक्री २ थान, चाँदीको जस्तो ब्रासलेट एक थान,सुन जस्तो देखिने पहेँलो धातुको औंठी १, एउटा घडीलगायतका सामान पनि उनीबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post