मोरङ : मोरङको उर्लाबारीमा स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार उर्लाबारी– इटहरा भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्रदेश १–०२–०४२ प ८४०४ नम्बरको स्कुटरले ठक्कर दिदा ६५ वर्षीय खड्गबहादुर लिम्बुको मृत्यु भएको हो ।
स्कुटरको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड पठाइएको थियो ।
उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न स्कुटर चालक उर्लाबारी ९ का १८ वर्षीय उत्तम कार्कीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।












Discussion about this post