विराटनगर : विराटनगर महानगरपालिका १२ बाट घरेलु मदिरा बनाउने भट्टीमा छापा मारेर ठूलो परिमाणमा रक्सी बनाउने कच्चा पदार्थ र मदिरा बरामद गरिएको छ ।
वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डीएसपी दीपेन्द्र पन्जियारको नेतृत्वमा गएको प्रहरी टोलीले शुक्रबार बिहान विराटनगर १२ बाट घरेलु मदिरा बनाउने कच्चा पदार्थ र रक्सी बरामद गरेको हो ।
प्रहरीका अनुसार घरेलु मदिरा बनाउने २ हजार ८ सय ८० लिटर कच्चा पदार्थ, तयारी मदिरा १ सय २५ लिटर र मदिरा बनाउने भाडाका सामानहरू ३१ थान बरामद गरिएको छ ।
बरामद सामान प्रहरीले आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएको जनाएको छ ।












Discussion about this post