धरान : धरान उपमहानगरपालिका १३ बाट लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले धरान १३ का ४७ वर्षीय पर्शुराम गुरुङको घरमा खानतालसी गर्दा गाँजासहित पक्राउ गरिएको हो ।
को १ ह १८५६ नम्बरको अटो (टेम्पो)मा लुकाई छिपाई राखेको १७ किलो २०० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
गाँजासहित पक्राउ परेका गुरुङको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post