इटहरी : इटहरी उपमहानगरपालिकाले भू–उपयोग क्षेत्र वर्गीकरणको काम माघ मसान्तभित्र सक्ने निर्णय गरेको छ ।
सोमबार बसेको १२७ औँ कार्यपालिका बैठकले वडास्तरबाटै वर्गीकरणको मापदण्ड बनाई काम सक्ने निर्णय गरेको हो ।
वर्गीकरणको विषयमा उपमहानगर अलमल परेको भन्दै नापी विभागबाट आएको मालपोत अधिकृतसहितको टोलीले सहयोग गरिरहेको बताउँदै मापदण्डअनुसार एक महिनाभित्र जग्गा कित्ताकाट खुलाउने गरी काम सुरु गर्ने बताइएको छ ।
कित्ताकाट नहुँदा सर्बसाधरणलाई समस्या भएको भन्दै माघ मसान्तसम्म वडास्तरबाट जग्गा वर्गीकरण भएर नआए नगरस्तरबाटै निर्णय गरिने कार्यपालिका बैठकमा मेयर हेमकर्ण पौडेलले बताए ।














Discussion about this post