संखुवासभा : संखुवासभाको पाचखपन नगरपालिका १ का ३८ वर्षीय टेक बहादुर राई भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।
राईले घरमा नै अबैध रुपमा भरुवा बन्दुक राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले गत २० गते राईलाई भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने बिष्फोटक पदार्थ सहित पक्राउ गरेको हो ।
पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।














Discussion about this post