Thursday, April 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘बलात्कारीलाई सजाय दिन सहयोग गर्छु भन्नेहरुले नै फोन ब्लाकलिस्टमा राखे…’

फलोअप

विवेक विवश रेग्मी by विवेक विवश रेग्मी
जेष्ठ ११, २०७७
in टाकुरा विशेष, विविध, समाचार
0
छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ

सांकेतिक तस्वीर ।

818
SHARES
Share on FacebookShare on Twitter

इटहरी : मोरङको बुढीगंगा गाउँपालिका ७ बडहराकी १५ बर्षीया किशोरीमाथि दुई महिना अगाडि ५ जनाको समूहले सामुहिक बलात्कार गरेर गाउँ निकाला गरिएपछि टाकुरान्यूजमा समाचार प्रकाशित भएसँगै पीडितले स्थानीय सहयोग गर्छु भन्ने अगुवाहरुले नै फोन ब्लाकलिस्टमा राखेको गुनासो गरेकी छिन् ।

बलात्कारपछि गाउँ निकाला नै गरिएकी पीडितकी सानिमाले सहयोग गर्छु भन्ने स्थानीय सरोकारवालाहरुले अहिले फोन नउठाउने गरेको र फोन नै ब्लाकलिस्टमा राखेको गुनासो गरेकी हुन् ।

‘उहाँहरुले सहयोग गर्न तयार छु भन्नुभएको थियो,’ उनले टाकुरान्यूजसँग भनिन्, ‘तर सहयोग गर्न तयार छु भन्नेहरुले नै अहिले फोन ब्लाकलिस्टमा राखेका छन् ।’ आँफूले स्थानीय अगुवाहरुलाई पटक–पटक सम्पर्क गरेपनि फोन नउठाउने, उठाएपनि झर्किने गरेको बताउँदै भनिन्, ‘उहाँहरुले हामी यहाँको मन्त्री हो भन्नुहुन्छ, हामी पीडितको त बोलि नै बिक्दैन ।’

स्थानीय मानिसले आँफ्नो मन्त्रीसँग लिंक भएको भन्दै पीडितलाई यसअघि देखि नै धम्की दिने गरेका थिए । ‘एकजना दिदी हुनुहुन्छ, उहाँले त आफूँले सहयोग गर्ने बताएपनि अहिले फोन नै नलाग्ने भएको छ ।’ न्याय दिन्छु भन्नेहरुले नै फोन नलाग्ने बनाएको उनको गुनासो थियो ।

समाचार प्रकाशितपछि दुईजना मानिसहरु आएर शान्तवना दिएको बताउँदै उनले भनिन्, ‘दुईजना आएर मेरो नम्बर लिएर जानुभएको छ, अस्ति हामीलाई हप्काउने प्रहरीले नै अहिले त फोन गरेर के कसो छ भनेर सोध्नुभयो । अहिले इटहरीमा कोठाभाडा गरेर बस्दै आएको छु, नानीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।’

बलात्कारीलाई सजाय हुनुपर्छ भनेर न्याय माग्दा हप्काउने प्रहरी स्वयम्ले समाचार प्रकाशित पछि फोन गरेर सोधखोज गरेको उनको भनाई थियो । ‘न्याय दिलाउँछु भनेर नभने पनि कम्तिमा फोन चैँ आयो,’ न्याय पाउँने झिनो आशा व्यक्त गर्दै उनले भनिन्, ‘स्थानीय मानिसहरुले नआत्तिनुहोस् भन्ने आश्वासन मात्र दिनुहुन्छ ।’

बलात्कारमा संलग्न ५ जना मध्ये इन्द्र राई र लक्ष्मण राईलाई जिल्ला अदालत विराटनगरको आदेशमा नाबालक भनेर छाडिएको प्रहरीले जनाएको छ । संलग्न तीनजना मध्ये दुईजनालाई मात्र प्रहरीले पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाएपनि बलात्कारमा संलग्न पाँचै जनालाई कारबाही गर्न पीडितको माग छ ।

पीडित बालिकालाई बलात्कार गरिएपछि स्थानीयले गाउँ नै निकाला गरेको र अहिले पेटमा एक महिनाको बच्चा रहेको र स्वास्थ्य अवस्था पनि कमजोर बन्दै गएको पीडितको गुनासो छ ।

उता, बुढीगंगा गाउँपालिका वडा नं. ७ बडहराका वडाध्यक्ष मुरारीलाल चौधरीले भने खास गाउँ निकाला भएको भन्ने बिषयमा स्वीकार्न तयार छैनन् । उनले फोन सम्पर्कमा टाकुरासँग भने, ‘खास गाउँ निकाला भएको हैन, म पटक–पटक बालिकाको घर गएर सहयोग गर्छु भनेको थिएँ ।’

उनले ती बालिकामाथि त्यो भन्दा अगाडि पनि पटक–पटक बलात्कारको प्रयास भएको बताउँदै भने, ‘मैले घटना भएपछि प्रहरी र स्थानीयसँग बसेर सुरक्षा दिनुपर्छ भनेर भनेको हुँ ।’

उनले आँफू राहतमा व्यस्त भएको र पछि पीडित इटहरी गएको दाबी गर्दै भने, ‘यहाँबाट गाउँ निकाला भएको हैन, बिचौलियाले गरे भने अलग कुरा हो ।’

बालिकालाई पटकपटक बलात्कार गर्ने प्रयास भने भएको उनको भनाई छ ।

उनले अहिले बालिका घर आएर बसेमा सुरक्षाको प्रत्याभूति हुने काम गर्ने दाबी गर्दै भने, ‘मैले पीडितलाई म तिम्रो बुवा नै हुँ भनेको छु, केही समस्यापरेमा मलाई भनेमा हुन्छ ।’

यो पनि – १५ बर्षीया किशोरीलाई सामूहिक बलात्कारपछि गाउँ निकाला, पीडित भन्छिन्, राती केटाहरु आएर हप्काए

विवेक विवश रेग्मी

विवेक विवश रेग्मी

Related Posts

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की
FEATURE BREAKING

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८३
0

विराटनगर : जथाभावी उत्खनन् गरी नदीजन्य सामग्री चोरी निकासी भइरहेको विषयमा समाचार संकलन गर्न ग्रामथान पुगेका मोरङका पत्रकारहरूलाई उत्खननकर्ताहरूले ज्यान मार्नेसम्मको...

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार
समाचार

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८३
0

इटहरी : शिक्षा, भाषा र सनातन संस्कृतिको संरक्षणमा सक्रिय संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा...

खुवालुङको विवाद चर्किएपछि तत्कालका लागि रोकियो

खुवालुङ क्षेत्रमा माङ्खीमसहित सांस्कृतिक संरचनाको शिलान्यास

बैशाख १६, २०८३
‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

बैशाख १६, २०८३
विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

बैशाख १५, २०८३
इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

बैशाख १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

बैशाख १६, २०८३
विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

बैशाख १६, २०८३
खुवालुङको विवाद चर्किएपछि तत्कालका लागि रोकियो

खुवालुङ क्षेत्रमा माङ्खीमसहित सांस्कृतिक संरचनाको शिलान्यास

बैशाख १६, २०८३
‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

बैशाख १६, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1489 shares
    Share 596 Tweet 372
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    646 shares
    Share 258 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.