इटहरी : भन्सार छलेर ल्याएको सामानसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
इटहरी ६ स्थित धरान लाइनमा भारतबाट भन्सार छली ल्याएको सामानसहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान ८ बस्ने ४० वर्षीय सोनु यादव रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले बताए ।
भारतबाट चोरी, पैठारी गरी भन्सार छलेर नेपाल ल्याएको ३५ हजार ५१० रुपैयाँ बराबरको सामानसहित उनलाई पक्राउ गरिएको खड्काले जानकारी दिए ।
पक्राउ परेका यादवमाथि आवश्यक अनुसन्धानका लागि सेतुबन्धु भन्सार कार्यालय सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post