इटहरी : गृहमन्त्रालयले सहायक सिडिओ तथा सिडिओहरूको सरुवा गरिरहँदा सुनसरीमा भने पहिलोपटक महिलाको नेतृत्व हुने भएको छ ।
२०२७ सालदेखि महिला नेतृत्व शून्य बनेको सुनसरी जिल्ला प्रशासनको कार्यालयमा गृह मन्त्रालयले पहिलोपटक महिलालाई नेतृत्व सम्हाल्न जिम्मेवारी दिइएको हो ।
यसअघि सुनसरी जिल्लामा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव रहेका थिए । उनको सर्लाही सरुवा भइरहँदा सुनसरीमा हुमकला पाण्डे आउने भएकी छन् ।
भक्तपुर जिल्लामा नेतृत्व सम्हालिसकेकी पाण्डे सुनसरीमा प्रमुख जिल्ला अधिकारी भएर आउने भएकी हुन् ।














Discussion about this post