इटहरी : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०७९ अन्तर्गत हिसान फुटबलको उपाधी धरान मेघा हिमालयन कलेजले जितेको छ ।
इटहरीमा आज (शुक्रबार) सम्पन्न फाइनल खेलमा ज्ञानदर्पण स्कूल इटहरीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै धरान मेघाले उपाधी जितेको हो ।
इटहरी रंगशालामा सम्पन्न फाइनल खेलमा धरान मेघालाई उपाधी जिताउन शेखर कुँवरले २ तथा अंकित थापा र सुगम जीमीले १–१ गोल गरे ।
फाइनल खेलको म्यानअफ द म्याच धरान मेघाका सुगम जीमी घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी धरान मेघाकै सुभाष मगर, करण कामत बेष्ट डिफेन्स, राजीव खड्का बेष्ट गोल किपर, शेखर कुवर बेष्ट फरवार्ड, हेम गुरुंग बेष्ट कोच घोषित भए ।
ज्ञानदर्पण इटहरीका रोदन राई बेष्ट मिडफिल्डर र हाइस्कोरर धरान मेघाका अंकित थापा र शेखर कुवंर घोषित भए । उनीहरु दुवैजनाले प्रतियोगितामा ६–६ गोल गरेका थिए ।
यस्तै, शुक्रबार नै सम्पन्न भएको तेस्रो स्थानको खेलमा नमुना कलेज इटहरीले कस्तुरी कलेजलाई ३–० गोल अन्तरले पराजित गरेको छ । यस्तै, हिसान आबद्ध स्कूल स्तरिय स्पोर्ट्स मिट अन्तर्गतकै फुटबलको उपाधी लर्डबुद्ध स्कूल झुम्का च्याम्पियन बनेको छ ।
इटहरी रंगशालामै शुक्रबार सम्पन्न फाइनलमा कोसी सेन्टजेम्स स्कुल इटहरीलाई सडेन डेथमा पराजित गर्दै च्याम्पियन बनेको हो ।
बिजेता तथा उपबिजेता खेलाडीहरूलाई एन्फा मानार्थ बरिष्ठ उपाध्यक्ष किशोर राई, सुनसरी अध्यक्ष नवीन राई, हिसान केन्द्रिय सदस्य बलराम पन्त, सुनसरी अध्यक्ष सागरप्रसाद भटराई लगायतले शिल्ड तथा प्रमाणपत्र वितरण गरे ।
माघ ७ गतेदेखि सुरु भएको प्रतियोगितामा हिसान सुनसरीमा आबद्व दुई दर्जन शिक्षालयको सहभागिता रहेको थियो ।














Discussion about this post