इटहरी : इटहरी उपमहानगरपालिकाले सडक क्षेत्राधिकारभित्र पर्ने भवन भत्काउन सुरु गरेको छ ।
शुक्रबार उपमहानगरले इटहरी ९ स्थित विराटनगर लाइनमा रहेको सुरज चौधरीको एक तले भवन भत्काएको हो ।
उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले निर्माणाधीन ६ लेन सडक परियोजनाका क्रममा सडक क्षेत्राधिकारभित्र रहेका भवनले काम गर्नका लागि असर पुर्याउँदै आएको बताए ।
उपमहानगरले सडक क्षेत्राधिकारभित्र रहेको भवन पहिलोपटक शुक्रबारबाट भत्काउन सुरु गरेको पौडेलले जानकारी दिए ।
भिडियोका लागि यहाँ क्लिक गर्नुहोस् ।


यो पनि – इटहरीको मुख्य चौकमै चल्यो उपमहानगरको डोजर
https://www.facebook.com/














Discussion about this post