मोरङ : मोरङको रंगेली नगरपालिका ५ आँपगाछी बोडरस्थितबाट अवैध सूर्तीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको गस्ती टोलीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ६ सय ९० केजी सूर्ती बरामद गरेको हो ।
करीब दुई लाख ७ हजार बराबरको धूलो सूर्ती बरामद भएसँगै ३३ वर्षीय उसमान शेख मिँयालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेको उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post