मोरङ : मोरङको उर्लाबारी नगरपालिका ३ थापा चौकस्थित स्कुल बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
आज (बुधबार) बिहान ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पञ्चायत मा.बि. पथरीको ना ६ ख ६१८२ नम्बरको स्कुल बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय ८० वर्षीय भीमबहादुर तामाङ रहेका छन् । उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
घटनामा संग्लग्न बस र चालक पथरीशनिश्चरे नगरपालिका ९ का ३० वर्षीय अनिल दंगाललाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post