विराटनगर : विराटनगर महानगरपालिका १७ मटेरुवा स्थितबाट प्रतिबन्धित औषधिसहित एकजनालाई प्रहरीले प्रक्राउ गरेको छ ।
भारतको जोगवनीबाट नेपालतर्फ पैदल आउँदै गरेका पथरीशनिश्चरे २ मोरङका २५ वर्षीय विवेक मोतेलाई अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
चेकजाँच गर्ने क्रममा उनको साथबाट लुपिजेसिक ४९ एम्पुल, एभिल ५१ एम्पुल, फेनारगन ५१ एम्पुल र डाईजोपाम ५१ एम्पुल सहित २०२ एम्पुल बरामद गरेको हो ।
प्रतिबन्धित औषधिसहित प्रक्राउ परेका मोतेको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post