इटहरी : इलाका प्रहरी कार्यालय इटहरीका डीएसपीसहित देशभरका १५० जना डीएसपीको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार डीएसपीहरूको सरुवाको सूची निकालेको हो । यसअघि काज सरुवामा रहेका र नयाँ गरी १५० डीएसपीको सरुवा भएको हो ।
इटहरी प्रहरीमा कार्यरत डीएसपी खगेन्द्रबहादुर खड्काको सरुवा भएको छ । उनी जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा भएका छन् ।
यससँगै इटहरीमा पवनकुमार भट्टराई आउने भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँ अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा रहेका भट्राईले अब इटहरी प्रहरीको नेतृत्व सम्हाल्ने भएका हुन् ।
सूची
।














Discussion about this post