पाँचथर : पाँचथरको तुम्बेवा गाउँपालिका २ राई गाँउ बस्ने २३ वर्षीय मनोज राईलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ ।
अस्थाई प्रहरी पोष्ट नावाखोलाबाट खटिएको प्रहरी टोलीले उनलाई १ नाल भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने कार्तोज, बारुद, केप, सलाईसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post