मोरङ : मोरङको पथरीशनिश्चरे नगरपालिका ६ बाट लागूऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पथरीशनिश्चरे ६ का ३४ वर्षीय बज्र मोहन यादवले घरमा लागू्औषध गाजा संचय तथा बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।
प्रहरी चौकी कुशेचौरी र अस्थायी प्रहरी चौकी हसन्दहबाट खटिएको प्रहरी टोलीले उनको घर कोठा खानतलासी गर्दा कोठाबाट ८ किलो ग्राम गाँजा बरामद गरेको र सोही स्थानका ४१ वर्षीय सुरेन यादवलाई ५०० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
लागूऔषध गाँजासहित पक्राउ परेका दुवैजनाको इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post