मोरङ : म्याकुरीको नामले परिचित कलाकार पवन खतिवडा सहित दुई जनालाई मादक पदार्थ सेवन गरी झगडा गरेको आरोपमा इलाका प्रहरी कार्यलय बेलबारीले नियन्त्रणमा लिएको छ ।
मंगलबार राति बेलबारी १ मा रहेको एक होटलमा मादक पदार्थ सेवन गरी सँगै मादक पदार्थ सेवन गरेका बेलबारी ४ का एक युवालाई टाउकोमा प्रहार गरी टाउको फुटाईदिएका थिए ।
होटलबाट बाहिर निस्किएर झगडा गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरी होहल्ला गरेको भन्दै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनलाई प्रहरीले मंगलबार बेलुकी पक्राउ गरेको भएता पनि उनीमाथि म्याद थप नगरिएको र आज नै छाड्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिएका छन् ।
उनको युट्युब च्यानल छ। आफ्नो युट्युब च्यानलबाट प्रसारित टेलिसिरियलमा ‘म्याकुरीु थेगोले उनी चर्चित रहेका छन् ।











Discussion about this post