मोरङ : मोरङमा दुईजना पुरुष मृत भेटिएका छन् ।
जिल्लाको बेलबारी नगरपालिका ३ स्थित पशु हटिया लाग्ने ठाउँमा अन्दाजी ७० वर्षीय वृद्ध पुरुष बुधबार (आज) दिउँसो ३ बजेतिर मृत भेटिएका हुन् ।
उनको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।
यस्तै, सुन्दरहरैँचा नगरपालिका ५ स्थित हसिना खोलाको बाँधको पानीमा डुबेको अवस्थामा अन्दाजी ३६ वर्षीय पुरुष मंगलबार राति मृत फेला परेका छन् ।
शरीरको आधार भाग पानीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् । दुवै घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।












Discussion about this post