मोरङ : मोरङको दुई स्थानमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
सुन्दरहरैँचा ५ स्थित भित्री सडक खण्डमा प्रदेश १–०२–०४७ प २८२४ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा घाइते भएका स्कुटर चालक सुन्दरहरैँचा ५ का ५० वर्षीय चक्रबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
यस्तै, विराटनगर ४ स्थित प्रदेश १ –०२–०४२ प ६०४९ नम्बर र लु १८ प ५४५६ नम्बरको मोटरसाइकल आपसमा ठक्कर भइ दुर्घटना हुँदा घाइते भएका विराटनगर ४ का २६ वर्षीय प्रकाश महतको उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा विराटनगर ५ का २४ वर्षीय अमन खान र अर्घाखाँची सन्धीखर्कका ४८ वर्षीय बिण्णु परियार घाइते भएका छन् ।
उनीहरूको नोबेल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको छ ।












Discussion about this post