मोरङ : मोरङको बूढीगंगा गाउँपालिका २ अमाहीमा भएको हत्याको घटनामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
विराटनगर १९ की २८ वर्षीया प्रियंका सुनारको हत्यामा संलग्न उनका श्रीमानसहित चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता, डीएसपी टीकाबहादुर कार्कीका अनुसार घटनामा संलग्नहरूमा मोरङको कटहरी गाउँपालिका ५ का ३५ वर्षीय उमेश सरदार, ६२ वर्षीय रमानन्द राम, विराटनगर महानगरपालिका ७ का ५३ वर्षीय श्रीराम चौधरी र २९ वर्षीय रमेश साह रहेका छन् ।
साह भने मृतक प्रियंकाका श्रीमान रहेको डीएसपी कार्कीले बताए ।
बूढीगंगा २ का स्थानीय नरसिंह चौधरीको ग्वालीमा सोमबार हत्या गरी बोरामा पोको पारेर राखेको अवस्थामा प्रियंकाको शव फेला परेको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार प्रियंकाले परपुरुषसँग हिमचिम बढाएको र सम्बन्ध राखेको आशंकामा हत्या गरेका हुन् ।













Discussion about this post