धरान : धरानमा बिहीबारदेखि ‘धरान एक्स्पो’ सुरु भएको छ ।
एक्स्पोको प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका छन् ।
धरान १६ स्थित रङ्गशालामा फागुन ११ गते (आज) देखि २० गतेसम्म सञ्चालन हुने उक्त एक्स्पोको उद्घाटन समारोहमा बेल्दै मुख्यमन्त्री कार्कीले आर्थिक विकासका लागि प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने कार्यहरूलाई आफूले गम्भीर रूपमा लिएको बताए ।
सुस्ताउँदै गएको बजारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको एक्स्पोमा एक सय ३० भन्दा बढी स्टलहरूमा कृषि तथा औद्योगिक उत्पादन, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैङ्क तथा वित्त, तयारी कपडा र घरेलु उत्पादनका सामानहरू राखिएका छन् ।
१० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको एक्स्पोमा दैनिक ३० हजार अवलोकनकर्ता आउने आयोजकको अपेक्षा राखिएको छ ।
उद्घाटन समारोहमा उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सांघाही, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईल गायतले बोलेका थिए ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले धरानको व्यापार व्यवसायलाई नयाँ गतिमा विस्तार गर्न तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए ।














Discussion about this post