मोरङ : मोरङको नेमुवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज (सोमबार) बिहान कोशी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका ४ मा विराटनगरबाट इटहरी आउँदै गरेको बा ६३ प ७२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तत्काल नाम खुल्न नसकेको चालकको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल बिजुलीको पोलमा ठक्कर भएको थियो ।
दुर्घटनामा सक्त घाइते भएका मोटरसाइकलमा सवार दुईजनालाई उपचारका लागि विराट टिचिङ अस्पताल भर्ना गरिएको थियो ।
उनीहरुमध्ये नाम, थर, बतन खुल्न नसकेको चालकको १०ः३० बजे मृत्यु भएको हो । अर्का घाइतेको अहिले उपचार भइरहेको छ ।
प्रहरीका अनुसार चालकको साथमा सवारी चालक अनुमति पत्र नभएको बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post