मोरङ : मोरङको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध गाँजा र ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको बेलबारी नगरपालिका १ गुम्बा लाईनमा लागूऔषध गाँजा बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले कोठाभाडामा बस्दै आएकी २९ वर्षीया हिरा राईको कोठामा खानतलासी गर्दा उक्त कोठाबाट लुकाई–छिपाई राखेको अवस्थामा १० केजी ३ सय ४४ ग्राम लागूऔषध गाँजा र नगद ५२ हजार ५ सय रुपैयाँ बरामद गरेको हो ।
लागूऔषध बरामद गरेसगै राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी विराटनगर महानगरपालिका १५ स्थितमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को १८ प १०९५ नम्बरको मोटरसाइकललाई चेकजाँज गर्दा ढुङ्गे साँगु गाउँपालिका १ ताप्लेजुङका ३३ वर्षीय कालुसिंह लिम्बूको साथबाट १.२८ ग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो ।
प्रतिबन्धित लागूऔषध गाँजासहित पक्राउ परेकी राई र ब्राउनसुगरसहित पक्राउ परेका लिम्बूको सम्बन्धित कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post