विराटनगर : प्रदेश १ को नामकरणको विषयमा सबैले स्वीकार गरेको नाममा आँफूहरूको समर्थन रहेको माओबादी केन्द्रले जनाएको छ ।
बुधबार प्रदेश १ को प्रदेशसभामा बोल्दै नेकपा माओबादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संसदको ठूलो संख्याले कोसी नाम स्वीकार गरेकाले आँफूहरूको समर्थन रहेको बताए ।
‘संसदको ठूलो संख्याले स्वीकार गरेको नाममा हाम्रो समर्थन रहन्छ’, उनले भने, ‘फेरि चुनावमा प्रदेशका जनताले हामीलाई दुई तिहाई बहुमत दिए पहिचानको आधारमा नाम राख्छौं ।’
यसअघि पहिचानको आधारमा नाम राख्नुपर्ने अडान पार्टीको भएपनि अहिलेका जनादेशको पहिचानको पक्षमा नामकरण गर्न असमर्थ रहेको उनको भनाइ छ ।














Discussion about this post