धरान : धरानमा जारी २३ औँ बुढासुब्बा गोल्डकपको बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा एन्फा मोरङलाई पराजित गर्दै एभिनियर फुटबल क्लब क्यामरुन फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै क्यामरुन फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो ।
एभिनियरको जितमा खेलको ४५ औँ मिनेटमा डिम्बालेले १ गोल गरे । एभिनियरले थप १ गोल एन्फा मोरङबाट आत्मघाती उपहार पाएको थियो । मोरङका सुजन चौधरीले ८५ औ मिनेटमा आत्मघाती गोल गरेका थिए ।
आजको खेलको म्यान अफ द म्याच एभिनियरका जिन जियोन घोषित हुँदै नगद १० हजार पाए ।
एभिनियरले उपाधिका लागि शनिबार काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापासँग खेल्नेछ । खेलको बिजेताले नगद १० लाख र उपविजेताले












Discussion about this post