तरहरा : तरहरा जेसीजले ११३ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस (नारी दिवस) धनकुटाको मुलघाटस्थित बिश्रान्ती बृद्वाश्रममा मनाएको छ ।
बुधबार (आज) खाद्यान्न वितरण तथा जेष्ठ नागरिकलाई सम्मान गर्दै नारी दिवस मनाइएको हो ।
तरहरा जेसीज वर्ष २०२३ का अध्यक्ष बहादुर तामाङका अनुसार जेष्ठ नागरिकलाई सम्मान गर्दै बृद्वाश्रममा रहेका बृद्वबृद्वालाई खाना खुवाएर नारी दिवस मनाइएको हो ।
साथै, बृद्वाश्रममा खाद्यान्न समेत वितरण गरिएको थियो ।
सुरज क्षेत्रीको संयोजकत्वमा भएको कार्यक्रमा चार दर्जन बढी मानिसहरूको सहभागिता थियो ।
Discussion about this post