मोरङ : मोरङमा हुन्डी कारोबारमा संलग्न भएको आरोपमा एक युवकलाई प्रहरीले ४ लाख ७५ हजार नगदसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका १५ का ३१ वर्षीय धर्मानन्द साहलाई ४ लाख ७५ हजार नगदसहित को २९ प ९३३९ मोटरसाइकलमा हिँड्दै गरेको अवस्थामा विभिन्न बैंकका भौचर र एटिएम कार्डसहित शुक्रबार पक्राउ गरिएको हो ।
प्रहरीले उनलाई हुन्डी कारोबारमा संलग्न भएको आशंकामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।












Discussion about this post