झापा : झापाको विभिन्न स्थानबाट भन्सार छली नेपाल भित्र्याउँदै गरको अवैध सामानहरू प्रहरीले बरामद गरेको छ ।
सीमावर्ती क्षेत्रमा परिचालित इलाका प्रहरी कार्यालय खजुरगाछी, इलाका प्रहरी कार्यालय केचना र अस्थायी प्रहरी पोष्ट इटाभट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउँदै गरेको अवस्थामा सामान बरामद गरेको हो ।
खाद्यान्नका सामग्रीहरूका साथै १२५ जोर फुटबल बुट समेत गरी करीब २ लाख २६ हजार रुपैयाँ बराबरको सामान तथा सामान ओसार–पसार गर्न प्रयोग गरेको मे ५ प ६४३२ र बीआर ३७ जी २७७३ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले बरामद गरेको सामान तथा मोटरसाइकल समेत आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post