मोरङ : मोरङको बेलबारी नगरपालिका १ का ५७ वर्षीय हेमकर्ण महतलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
गत फागुन २५ गते उनले घरायसी वादविवादको कारण ५३ वर्षीया श्रीमती देवी महतलाई टाउमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार भएका थिए ।
श्रीमतीको हत्या गरी फरार भएका महतको खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो पथरी शनिश्चरे नगरपालिका १० स्थित बसपार्कबाट पक्राउ गरेको हो ।
पक्राउ परेका महतको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।













Discussion about this post