इलाम : इलामको इलाम नगरपालिका १० स्थित माई खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलाम नगरपालिका १० की १४ वर्षीया प्रतीक्षा मगर रहेकी छन् ।
माई खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेर बालिका बेपत्ता भएको भनेर प्रहरीलाई खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले खोजतलसको क्रममा दहमा डुबेको अवस्थामा मृत फेला पारेको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post