इटहरी : झापा, मोरङ र सुनसरीको विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरको अवैध समानहरू प्रहरीले बरामद गरेको छ ।
सीमावर्ती क्षेत्रमा परिचालित प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा भन्सार छली, चोरी पैठारी गरी नेपाल भित्र्याउँदै गरेको अवस्थामा खाध्यान्नका सामग्री विभिन्न प्रकारका कपडा, कुर्था सुरुवाल, कस्मेटिक सामग्री समेत गरी करिव १० लाख ६७ हजार मूल्य बराबरको अवैध समान बरामद गरेको हो ।
बरामद गरिएको उक्त समानहरू सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।












Discussion about this post