धरान : इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा मंगलबारखटिएको प्रहरी टोलीले धरान २० स्थितमा चेकजाँचको क्रममा प्रदेश १–०२–०५१ प २३०५ नम्बरको मोटरसाइकलमा सवार रहेका साँगुरीगढी गाउँपालिका ९ धनकुटाका २५ वर्षीय जितेन राईले बोकेको झोलाबाट ३१ किलो ग्राम गाँजा बरामद गरेको हो ।
यसैगरी धरान ११ की ४७ वर्षीया विष्णुमाया राईको घर कोठा खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको ३१ किलो ग्राम गाँजा फेला परेसँगै उनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध गाँजासहित पक्राउ परेका दुवैजनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post