धनकुटा : धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिका गरी तीन घरमा आगलागी भएको छ । आगलागीमा परी जलेर एक वृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साँगुरीगढी १० आहालेस्थित चोकचिरानकी ६९ वर्षीया वृद्धा जीवन सार्की रहेको प्रहरीले जनाएको छ ।
छोराबुहारी धरानमा बस्दै आएका र घरमा एकल ररूपमा बस्दै आएकी वृद्धा सार्कीलाई मृत अवस्थामा छिमेकीले फेला पारेका थिए ।
शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । टिन र बाँसको टाटीले बारेको घर समेत जलेर क्षति पुगेको छ ।
यसैगरी, धनकुटा नगरपालिका १ घिमिरे गाउँका भीमबहादुर बस्नेतको घर पनि आगलागीबाट क्षति भएको छ ।
यस्तै, धनकुटा नगरपालिका ३ लाकुरेका शशीकुमार राईको घरमा पनि आगलागी भएको छ । सबै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post