Wednesday, June 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानका मेयर हर्क साम्पाङविरुद्व सात राजनीतिक दल एकैठाउँ, कार्यक्रम नै गरेर गराइयो सचेतना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र १३, २०७९
in समाचार
0
धरानका मेयर हर्क साम्पाङविरुद्व सात राजनीतिक दल एकैठाउँ, कार्यक्रम नै गरेर गराइयो सचेतना

तस्वीर : लक्ष्मण थापा ।

135
SHARES
Share on FacebookShare on Twitter

धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सात राजनीतिक दलले सचेतना गराएका छन् ।

गत चैत ८ गते सात राजनीतिक दलले मेयर साम्पाङलाई ज्ञापन पत्र बुझाएपनि मेयरको प्रतिक्रिया नआएपछि दलहरूले एक कार्यक्रमको आयोजना गर्दै सचेतना गराएका हुन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च धरानका कार्यबाहक अध्यक्ष मोहन तिगेलाको संयोजकत्वमा भएको सचेतना कार्यक्रममा उपमहागनरभित्रका गतिविधिको सम्बन्धमा सचेतना कार्यक्रम गरिएको हो ।

उपमहानगरपालिका जनप्रतिनिधिहरूबीचको अन्तरद्वन्द्व त्यसले निम्त्याएका समस्याहरूको बारेमा धरानका जनताहरू सचेत हुनुपर्ने उपस्थितहरूले बताएका थिए ।

महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा नागरिक समाजका अगुवा समेत रहेका कुमार बहादुर कार्कीले नगरप्रमुख एकातिर र वडाध्यक्ष अर्कातिर हुँदा नगरको सर्वाङ्गीण विकास र नगरबासीको अपेक्षित समृद्वि हुन नसक्ने बताए ।

उनले नगर प्रमुखको स्वकीय सचिवको सहायकले वडाध्यक्षलाई पत्र काट्नु मर्यादित नहुने भन्दै धरानका वडाध्यक्ष, नगरप्रमुख र स्वकीय सचिवको विवादमा अलमलिएकाले विकास निर्माणका मुद्दाहरू ओझेलमा परेको बताए ।

नेकपा एमालेबाट वडा नम्बर १५ को वडाध्यक्षमा निर्वाचित नरेश इवारमले आँफू जनप्रतिनिधि भएको २ कार्यकालमा यो पहिलो ऐतिहासिक सचेतना कार्यक्रम रहेको बताउँदै धरानको पछिल्लो वास्तविक अवस्था थाहा पाउन सामाजिक सञ्जालभन्दा बाहिर निस्किएर हेर्नुपर्ने बताए ।

नगर प्रमुखबाट वडाध्यक्षहरू अन्यायमा रहेका भन्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अध्ययन गर्न नगरप्रमुखलाई राईलाई सुझाव दिए ।

उनले भने, ‘शक्ति पृथकीकरणको सिद्धान्त अनुसार, राज्यको पुनर्संरचनाको मर्म अनुसार हामी नगरको विकास गर्न गएका हौँ । तर, सुकुम्बासी समस्या, पानीको समस्या, बिजुली सुविधाको सिफारिस गर्ने अधिकार मेयरको टेबुलमा अड्किएका छन् ।’

नेकपा माओवादी धरान नगर कमिटीका अध्यक्ष तथा धरान १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) ले धरान नगर सरकारको कुकृत्यका विरुद्धमा सङ्घर्षमा रहेको बताएका छन् ।

उनले नगरको हितमा कार्यपालिकामा बोल्दा जबरजस्ती खोला बेचुवा दलालका रूपमा चित्रण गरिएकाले आँफूहरूको आपत्ति रहेको बताए ।

उनले भने, ‘वडाध्यक्षहरूले विधि, विधानको पक्षमा बैठकमा कुरा उठाउँदा बैठक स्थगित गर्ने, अस्वाभाविक रूपमा कर्मचारीलाई कारबाही गर्ने, कार्यपालिकामा फरक मत राख्दा वडाध्यक्षलाई स्पष्टीकरण सोध्ने, सङ्घ र प्रदेशको योजना ल्याउन नदिने, सेवाग्राहीलाई धरपकड गर्ने जस्ता गतिविधि गरिरहेपछि हामीले यो किसिमको कार्यक्रम आयोजना गरेर सचेतना गराएका हौँ ।’

कार्यक्रममा नेकपा एमाले धरान नगर अध्यक्ष हर्कजङ्ग एभेङले जनप्रतिनिधि सहकार्य गरेर काम गर्नुपर्ने बताए ।

नगर प्रमुख साम्पाङकाविरुद्व यति धेरै दल एकैठाउँ सङ्गठित हुनुपर्ने आवश्यकता नरहेको तर निरङ्कुश हुने, शक्ति आफैँमा केन्द्रित गर्ने प्रवृत्ति र विसङ्गतिविरुद्ध सङ्गठित हुनुपर्ने बाध्यात्माक स्थिति बनेको उनको भनाइ छ ।

नेपाली कांग्रेसका धरान नगर सभापति श्याम पोख्रेलले अभियानताका नाममा सिधासाधा जनतालाई भ्रममा पारेर जनतामाथि चन्दा आतङ्क मच्चाउने कार्य भएको बताए ।

उनले अभियानका नाममा लिएको रकम बापत दिइने रसिदको आधिकारिकता माथि समेत प्रश्न उठाउदै विगतको मेयरको गतिविधिबारे उजागर गरिने बताए ।

‘हामी खानेपानीको समाधानको पक्षमा छौँ तर अभियानको नाममा देश विदेशका नेपाली दाजुभाइहरूले पठाएको आर्थिक हिसाबको लेखाजोखा सार्वजनिक हुन जरुरी छ’ उनले भने, ‘एकल निर्णय गर्ने ? अहिलेसम्म खानेपानी व्यवस्थापन बोर्डको एउटा बैठक नबसेको र बोर्डका अरू सदस्यलाई के भइरहेको छ थाहा छैन ।’

पोख्रेलले बोर्ड र धरानको भानुचोकस्थित घण्टाघरमा लामो समयदेखि कार्यरत कर्मचारीलाई बिनाकारण अवकाश गराएर आफ्नो मान्छे नियुक्त गरेको समेत आरोप लगाए ।

 

Tags: #धरान#धरान उपमहानगरपालिकासचेतनाहर्क साम्पाङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन
विविध

भारतको नयाँ नियमले रोकियो नेपाली चिया, ६० हजार श्रमिक प्रभावित

by रासस
असार ३, २०८३
0

झापा : नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार ३, २०८३
0

इटहरी : अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत सुनसरी प्रहरीले विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला...

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

पाथीभरा : प्रहरीको रोहबर र सीसीटीभी निगरानीमा दैनिक हुन्छ भेटी गणना

असार ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मापसे गरेर साइकल चलाउँदा ज्यान गुम्यो, टिपर चालक नियन्त्रणमा

असार ३, २०८३

बाढीले बगाएको कुलो नबन्दा माझीटारको उर्वर फाँट चार वर्षदेखि बाँझै

असार ३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

असार २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिकले गरे प्रदर्शन

भारतको नयाँ नियमले रोकियो नेपाली चिया, ६० हजार श्रमिक प्रभावित

असार ३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

असार ३, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

पाथीभरा : प्रहरीको रोहबर र सीसीटीभी निगरानीमा दैनिक हुन्छ भेटी गणना

असार ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मापसे गरेर साइकल चलाउँदा ज्यान गुम्यो, टिपर चालक नियन्त्रणमा

असार ३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.